रामपुर-नेपाल विद्यार्थी संघ को ५२ औ स्थापना दिवसको अवसरमा शहिद नारायण पोख्रेल रामपुर क्याम्पस परिसर मा बृहत् सरसफ़ाई तथा फोहोर ब्यव्यस्थापन केन्द्रको रूपमा सक़लन गर्न डशबिन बितरण कार्यक्रम सम्पन्न भएको छ ।इकाई सभापति मनोज क्षत्री को सभापतित्व एबम क्याम्पस प्रमुख यदु नाथ पन्थीको प्रमुख आतिथ्यता नेपाली काग्रेस सैनामैना नगर समिति सदस्य अर्जुन पौडेल , प्रजातन्त्रवादी प्राध्यापक संघ क्याम्पस सभापति प्रेम पौडेलको बिशिष्ट आतिथ्यता साथै पुर्व क्याम्पस प्रमुख दिनेश पन्थी, प्रध्यापक प्रकाश मणि खनाल , हुमाकांत बश्याल , गड़ेश पोख्रेल , ओम् प्रकाश पौडेल ,नेबीसंघ इकाई समिति पदाधिकारी सदस्य लगायत क्याम्पस मा अध्यनरत सम्पूर्ण विद्यार्थी को सहभागिता रहेको थियो । उक्त कार्यक्रम का प्रमुख अतिथि क्याम्पस प्रमुख यदु नाथ पन्तले नेबीसघले आयोजना गरेको सरसफ़ाई तथा डसबींन हस्तानतण कार्य प्रति सर्हानिय रहेको र यस्ता रंचनात्मक कार्यको लागी सबैले आफ़नो तह बाट सहयोग गर्न आह्वान गरेका छन् । नेपाली काग्रेस सैनामैना नगर समिति सदस्य एबम बिशिष्ट अतिथि समेत रहेका युवा नेता अर्जुन पौडेलले नेबीसंंघ स्थापना दिवसका अवसरमा सम्पूर्ण बिधार्थी को शैक्षिक प्रगति एवम ब्यक्तित्व बिकासका लागी नेबिसघ ले गर्ने हरेक कार्यप्रति नेपाली काग्रेस नगर समितिले पूर्णरुपमा साथ सहयोग गर्ने प्रतिबद्दता गरेका छन। सोही क्रममा प्रजातन्त्र बादी प्राध्यापक संघ क्याम्पस सभापति प्रेम पौडेल ले क्याम्पस भित्र विद्यार्थीको समश्या लाई प्रधापक संघ सारथीको रुपमा काम गर्न तयार रहेको बताए । उक्त कार्यक्रम मा सहिद नारायण पोख्रेल रामापुर क्याम्पस नेबिसघ इकाई उप सभापति विकास सापकोटा को स्वागत मंतव्य एबम किरण तिवारीको संचालन मा कार्यक्रम सम्पन्न भयको कार्यक्रम संयोजक बिधार्थी संदेश पन्तले जानकारी गराए ।
प्रकाशित मिति : सोमबार, बैशाख ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्