JanataToday.com

Advertisment

SKIP THIS

बुटवल उवासंघमा दैनिक उपभोग्य र प्लाष्टिक बस्तुगत समिति गठन

बुटवल उवासंघमा दैनिक उपभोग्य र प्लाष्टिक बस्तुगत समिति गठन

बुटवल-बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा दैनिक उपभोग्य र प्लाष्टिक बस्तुगत समिति गठन गरिएको छ । विषयगत सदस्य व्यबसायीहरुको भेलाले सर्बसम्मत रुपमा समिति गठन गरेको हो ।
दैनिक उपभोग्य बस्तुगत समितिको सभापतिमा उमेश अमात्य, उपसभापतिमा नारायण भुसाल, सचिवमा माधव पोखरेल, कोषाध्यक्षमा अम्बरबहादुर कार्कीलाई चयन गरिएको छ । त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा देवेन्द्रप्रसाद जयसवाल, रामप्रसाद पन्थ, सञ्जिव श्रेष्ठ, कृष्ण अग्रहरी, सादाव अहमद, लोकनाथ न्यौपाने र महेश अर्याल रहनु भएको छ ।
त्यस्तैगरी प्लाष्टिक बस्तुगत समितिको सभापतिमा शोभाकर भुसाल तथा उपसभापतिमा रुपकप्रसाद वञ्जाडे र सदस्यहरुमा विनित कसौधन, गुलाम वारिस, दिनेश वजिमय, सुशिल गैरे र कपिलराज अधिकारीलाई चयन गरिएको छ । त्यसैगरी हिमलाल पोख्रेल, हिरामणी भट्टराई र कोषलराज गैरेलाई सल्लाहकारमा चयन गरिएको छ ।
त्यस अवसरमा बोल्दै बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजुले व्यबसायिक समस्या समाधानको लागि हातेमालो गर्न आग्रह गर्नुभयो । बुटवल उद्योग बाणिज्य संघ यस क्षेत्रको निजी क्षेत्रको अग्रणी संस्था भएको र संघले लिने निर्णयमा सबैको ध्यान खिचिने भएकाले त्यसतर्फ गम्भिर हुन पनि सबैलाई आग्रह गर्नुभयो ।
संघका उद्योग उपाध्यक्ष टंकप्रसाद गैरेको अध्यक्षतामा भएको कार्यक्रममा कार्यसमिति सदस्यहरु बसन्तप्रसाद ढकाल, टिकाराम बञ्जाडे, निर्मित कसजू, जमुना पौडेल लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

 

प्रकाशित मिति : बुधबार, बैशाख ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij