थप २३५१ जनामा कोरोना‚ सक्रिय संक्रमित १० हजार नाघे

थप २३५१ जनामा कोरोना‚ सक्रिय संक्रमित १० हजार नाघे

काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र १,०५१ जना संक्रमित भएका छन् ।

काठमाडौंमा ७८६, ललितपुरमा १८१ र भक्तपुरमा ८४ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

पिसिआर परीक्षणमा २ हजार २ सय २० र एन्टिजेनमा १३१ गरी २ हजार ३ सय ५१ जनामा कोरोना पुष्टि भएको हो । जसमध्ये १० हजार ५ सय ८२ जना आइसोलेसनमा छन् ।

हाल ८६ जना क्वारेन्टाइनमा रहेका छन् । गत २४ घण्टामा २ सय ८७ जना उपचारपछि डिस्चार्ज भएका छन्।

गत २४ घण्टामा ९ हजार ६ सय ४७ परीक्षण गर्दा २ हजार ३ सय ५१ संक्रमित थपिएका हुन् । मंगलबारसम्म सक्रिय संक्रमितको संख्या १० हजार ५ सय ८२ पुगेको छ ।

प्रकाशित मिति : बुधबार, बैशाख ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij