फाइनलमा नेपाल र नेदरल्याण्ड्स खेल्ने

फाइनलमा नेपाल र नेदरल्याण्ड्स खेल्ने

काठमाडौं – काठमाडौंमा चलिरहेको त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनलमा नेपाल र नेदरल्याण्ड्स खेल्ने भएका छन् ।

त्रिवि मैदान कीर्तिपुरमा बुधबार मलेसिया र नेदरल्याण्ड्सको खेल बराबरीमा सकिएसँगै फाइनलमा नेपाल र नेदरल्याण्ड्स खेल्ने तय भएको हो । लिगबाट शीर्ष स्थानमा कुन देश रहने भन्ने टुंगो नेपाल र मलेसियाको खेलबाट लाग्नेछ ।

वर्षाले खेल प्रभावित भएपछि डक वर्थ लुइस विधीअनुसार छोट्याइएको बुधबारको खेलमा १० ओभरमा ९२ रनको लक्ष्य पाएको मलेसियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर ९१ रनमात्र बनाउन सक्यो ।

मलेसियाका साइद अजिजले ३० र अनवर अरुद्धिनले २३ रन बनाएपनि मलेसियाको जीतका लागि पर्याप्त भएन ।

पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १० ओभर २ बलमा ३ विकेट गुमाएर ६८ रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो । १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याण्ड्ले ४ विकेट गुमाएर १०७ रन बनाएको थियो ।

मलेशियाले डक वर्थ लुइस नियमअनुसार १० ओभरमा ९२ रनको लक्ष्य पाएको थियो । नेदरल्याण्ड्सका बेन कुपर ५४ रनमा नटआउट रहे । पिटर सिडालले ३४ रन बनाए ।

लिगको अन्तिम खेलमा बिहीबार नेपाल र मलेशिया खेल्नेछन् । मलेसियालाई हराए नेपाल शीर्ष स्थानमा रहनेछ भने पराजित भए दोश्रो स्थानमा रहँदै फाइनल खेल्नेछ ।

प्रकाशित मिति : बुधबार, बैशाख ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij