सरकारले भन्यो- कोभिड संक्रमण दोब्बरले बढ्यो घरबाहिर ननिस्किनुस्

सरकारले भन्यो- कोभिड संक्रमण दोब्बरले बढ्यो घरबाहिर ननिस्किनुस्

काठमाडौं – नेपालमा कोरोना भाइरसको सङ्क्रमण दर अत्यधिक बढेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

सरकारको स्रोत, साधन र संरचनाले थेग्न नसक्ने गरी कोरोना सङ्क्रमण दर बढ्न सक्ने आकलन गरिएकाले अत्यावश्यकबाहेकका काममा घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आग्रह गरे । उनले पछिल्ला दिनको तथ्याङ्क हेर्दा प्रत्येक चार दिनमा सङ्क्रमण दर दोब्बरले बढेको बताए ।

मन्त्रालयले समुदायमा पनि सङ्क्रमण फैलिरहेको जनाएको छ । काठमाडौंलगायत देशका मुख्य सहरहरूमा बढी सङ्क्रमण दर बढेको पाइएको छ ।

त्यस्तै, मन्त्रालयले स्वास्थ्य सेवाको गुणस्तर कायम गर्न प्रयोगशाला, प्रयोगशालमा प्रयोग हुने उपकरण र सामग्रीका साथै रेडियो इमेजिंग सेन्टरमा प्रयोग गरिने उपकरण गुणस्तरीय एवम् भरपर्दो हुनुपर्ने जनाएको छ ।

मन्त्रालयले विज्ञप्ति नै निकालेर भनेको छ, प्रयोगशाला र रेडियो इमेजिंग सेन्टरमा प्रयोग हुने उपकरण तथा रिएजेन्टहरू खरिद, प्रयोग र उपयोग गर्दा यूएए–एफडीए, ईयूसीई जस्ता अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तर भएका सामग्री प्रचलनमा ल्याउन सबै सरोकारवालामा अनुरोध गरिन्छ ।

नेपालमा आज मात्रै दुई हजार तीन सय ५१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । यही दरमा सङ्क्रमण बढ्दै गए सरकारको संरचनाले धान्न नसक्ने हुँदा आम नागरिकले स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्नुपर्ने डा. गौतमको भनाइ छ ।

प्रकाशित मिति : बुधबार, बैशाख ८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij