‘आफूलाई सर्वज्ञानी ठान्ने ओलीको दम्भ धरहराभन्दा माथि चढिसक्यो’

‘आफूलाई सर्वज्ञानी ठान्ने ओलीको दम्भ धरहराभन्दा माथि चढिसक्यो’

धनुषा – नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन् ।

नेकपा एमालेको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष केपी शर्मा ओली दम्भको वायुपङ्खी घोडामा चढेको कारण एकता क्षीण हुँदै गएको बताएका हुन् ।

पार्टी गम्भीर सङ्कटको चरणबाट गुर्जी रहेको छ भन्दै उनले सङ्कटको सिर्जनकार पार्टी अध्यक्ष ओली नै भएको आरोप लगाए ।

त्यसक्रममा नेता नेपालले बुधबार र विहीबार ओलीसँग भएको भेटवार्ताबारे मुख खोले ।पार्टीभित्र देखिएको विवाद समाधान गर्न आफूले आग्रह गरे पनि पार्टी अध्यक्षले पार्टी एकता सुन्नै नचाहेकाले पार्टी, लोकतन्त्र, संविधान, सङ्घीयता, विधि र प्रक्रिया धरापमा परेको बताए ।

वरिष्ठ नेता नेपालले पार्टी अध्यक्षले आफूलाई कारवाही गरेकोबारे विचार गर्न सकिने छ भनी जाली कुरा मात्र गरेको भन्दै २७ जना प्रतिनिधिसभा सदस्यसँग माग गरिएको स्पष्टीकरण औचित्यहीन रहेको पनि बताए ।

प्रावधानअनुसार पार्टी अध्यक्षलाई २७ सांसद्को पद खोस्ने कुनै आधार नरहेको स्पष्ट गर्दे उनले थपे ‘हामीहरूको मूल घर नेकपा (एमाले) नै हो ।’
पार्टी अध्यक्ष ओलीको दम्भ धरहराभन्दा माथि चढिसकेको पनि नेता नेपालले बताए ।

ओलीले आफूलाई सर्वज्ञानी ठान्ने गरेका कारण सबैतिर त्राहिमामको अवस्था उत्पन्न भई पाटीको गतिविधि कागजमा सीमित हुन पुगेको प्रसङ्ग पनि नेपालले उल्लेख गरेका थिए ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij