काठमाडौं – कोरोनाको हटस्पट बनेको बाँकेमा पछिल्लो १२ घन्टायता मात्रै ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नेपालगञ्ज–३ की संविधानसभा सदस्य ६२ वर्षीया मोहम्मद सिद्दिकीको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ। उनी नेपाली कांग्रेसका तर्फबाट संविधानसभा सदस्य थिइन्। कोरोना संक्रमण पुष्टि भएपछि सिद्धिकी गत चैत २८ गते भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा भर्ना भएकी थिइन्। उपचारको क्रममा उनको गएराति मृत्यु भएको जिल्ला स्वाथ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज बहादुर वलीले जानकारी दिए।
यस्तै कोरोना संक्रमबाट खजुराकी ४७ वर्षीया महिला र ३६ वर्षीय पुरुष र नेपालगन्जका ६० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको वलीले जानकारी दिए। यस्तै कोहलपुरमा एक जना कोरोना संक्रमित घरमै मृत अवस्थामा भेटिएका छन्। ६० वर्षीय पुरुष गएराति मृत अवस्थामा भेटिएका जिल्ला स्वाथ्य कार्यालय बाँकेले जनाएको छ।
प्रकाशित मिति : आइतबार, बैशाख १२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्