दाङ – लुम्बिनी प्रदेश सरकारले कोरोनाको उपचारलाई थप प्रभावकारी बनाउन प्रदेशभित्रका तीन कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने भएको छ ।
मुख्यमन्त्री शङ्कर पोख्रेलका प्रेस सल्लाहकार शेरबहादुर केसीका अनुसार दाङ, बाँके र बुटवलमा रहेका कोरोना विशेष अस्पताललाई ५० लाख रुपैयाँका दरले र भैरहवामा रहेका भीम अस्पताललाई २५ लाख रुपैयाँ गरी एक करोड ७५ लाख रुपैयाँ रकमान्तर गरी तत्काल उपलब्ध गराउने भएको छ ।
त्यसैगरी प्रदेश सरकारले कोरोना रोकथाम तथा उपचार कोषमा १० करोड रुपैयाँ थप गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख १३ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्