एकैदिन थपिए ५ हजार ७ सय बढी कोरोना संक्रमित, ३३ जनाको मृत्यु

एकैदिन थपिए ५ हजार ७ सय बढी कोरोना संक्रमित, ३३ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टायता देशभर पाँच हजार ७२७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २३ हजार १८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभरका विभिन्न प्रयोगशालामा गरिएको १५ हजार ३९१ जनाका पिसिआर र ५२५ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७२७ जनालाई संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा थप ३३ जनाको संक्रमणका कारण मृत्यु भएको रिपोर्ट प्राप्त भएको जनाएको छ ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३८ हजार ८१३ पुगेको छ ।

शुक्रबार देशभर ९२८ संक्रमित कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ८१ हजार ९५ संक्रमित निको भइसकेका छन् ।

देशभर ५५ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij