काठमाडौं – नेपालमा शनिबार थप पाँच हजार सात सय ६३ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको १४ हजार ४०३ पिसिआर परिक्षणका क्रममा ५ हजार सात सय ६ जना र ५६६ एन्टीजेन परिक्षणका क्रममा ५७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या तीन लाख २८ हजार ८९३ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १९ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म तीन हजार दुई सय ९८ पुगेको छ ।
त्यस्तै थप १२ सय ८७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म दुुई लाख ८२ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हाल ४३ हजार २१३ संक्रिय संक्रमित आइशोलेशनमा र ६७ जना क्वारेन्टाइनमा छन् ।
हालसम्म नेपालमा २४ लाख ८८ हजार ३५९ वटा पिसिआर परिक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रकाशित मिति : शनिबार, बैशाख १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्