भ्याट तथा अन्तशुल्क दाखिलाको समयावधी थप गर्न बुटवल उवासंघको आग्रह

भ्याट तथा अन्तशुल्क दाखिलाको समयावधी थप गर्न बुटवल उवासंघको आग्रह

 

बुटवल- कोरोना भाईरस महामारीको कारण निशेधाज्ञा जारी गरिएकोले विषम परिस्थितमा मुल्य अभिबृद्धि कर र अन्तशुल्कको मास्केबारी तथा कर दाखिला गर्ने समयावधी थप गर्न बुटवल उद्योग बाणिज्य संघले आग्रह गरेको छ ।

एकातिर निशेधाज्ञाका कारण व्यापार व्यबसाय ठप्प रहेको र अर्कोतिर स्वयम व्यबसायी तथा कर्मचारीहरु समेत कोरोना भाईरस संक्रमणका कारण अस्पताल तथा एकान्तबासमा रहेको बाध्यतालाई व्यबहारिक रुपमा बुझेर मुल्य अभिबृद्धि कर (भ्याट), अन्तशुल्कको मास्केवारी तथा कर दाखिलाको समयावधी अवस्था सहज नभएसम्मको लागि थप गर्न आग्रह गरेको हो ।

बुटवल उद्योग बाणिज्य संघले आईतबार एक बिज्ञप्ती जारी गरि उक्त अवधिभर जरिवाना समेत नलिने व्यबस्था मिलाउनको लागि सम्बन्धित निकायमा आग्रह गरिएको छ । संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूद्वारा जारी विज्ञप्तीमा भनिएको छ—“यस्तो विषम परिस्थितीमा मुल्य अभिबृद्धि कर, अन्तशुल्कको मास्केवारी तथा कर दाखिलाको समयावधी हालको अवस्था सहज नभएसम्मको लागि थप गर्ने व्यबस्थाका साथै उक्त अवधिभरको जरिवाना नलिने व्यबस्थाका लागि सम्बन्धित निकायहरुमा हार्दिक अनुरोध गर्दछौं ।”

विश्वव्यापी रुपमा फैलिएको कारोना भाईरस महामारीले सामाजिक तथा आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पारेको औंल्याउँदै सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न तथा सामाजिक दुरी कायम गर्न, मास्क तथा सेनिटाईजरको नियमित प्रयोग र समयसमयमा साबुनपानीले हात धुन र सुरक्षित भएर बस्न समेत उद्योगी व्यबसायी सहित आम रुपमा आह्वान गरिएको छ ।

प्रकाशित मिति : आइतबार, बैशाख १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij