कोरोनाका कारण पूर्वमन्त्री चित्रकारको निधन

कोरोनाका कारण पूर्वमन्त्री चित्रकारको निधन

बुटवल– पूर्वमन्त्री प्रकाश चित्रकारको कोरोना संक्रमणबाट निधन भएको छ । ७३ बर्षीय चित्रकारको भैरहवास्थित मेडिकल कलेजमा उपचारको क्रममा आज

(सोमबार) निधन भएको हो ।
बैशाख १७ गते भैरहवास्थित यूनिभर्सल मेडिकल कलेजमा भर्ना भइ उपचाररत चित्रकारमा श्वासप्रश्वासमा समस्या देखिएपछि सघन उपचारकक्षमा उपचारकै क्रममा चित्रकारको आज विहान ७ः५० बजे मृत्यु भएको मेडिकल कलजेका सूचना अधिकारी तेज प्रसाद केसीले जानकारी दिए ।
वि।सं। २००५ सालमा पाल्पाको तानसेनमा चित्रकारको जन्म भएको थियो । राजाको प्रत्यक्ष शासनमा राजनीतिमा सक्रिय रहनुभएका चित्रकार वि।सं। २०५८ सालमा राजा ज्ञानेन्द्रले कु गरेपछि भूमि सुधार सहायक मन्त्री बनेका थिए । केहि समय राष्ट्रिय प्रजातन्त्र पार्टीमा जिम्मेवारी सम्हाले पनि पछिल्लो समय भने उनि स्वतन्त्र रुपमा सामाजिक आन्दोलनमा सक्रिय रहेका थिए।
रुपन्देहीको भैरहवा क्षेत्रमा बस्दै आएका चित्रकारका एक छोरा, एक छोरी र श्रीमती छन।

प्रकाशित मिति : सोमबार, बैशाख २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij