३७ सांसदको मात्रै समर्थन भएका मुख्यमन्त्री अस्वीकार गर्ने विपक्षी चार दलको प्रतिबद्धता

३७ सांसदको मात्रै समर्थन भएका मुख्यमन्त्री अस्वीकार गर्ने विपक्षी चार दलको प्रतिबद्धता

बुटवल – लुम्बिनी प्रदेशमा अल्पमतको मुख्यमन्त्री स्वीकार नगर्ने विपक्षी चार दलले बताएका छन् । सोमबार चार दलले संयुक्त पत्रकार सम्मेलन गर्दै  उनीहरूले अल्पमतको मुख्यमन्त्रीलाई स्वीकार नगर्ने बताउँदै केन्द्रको निर्देशन अनुसार थप राजनीतिक कदम चाल्ने बताएका छन् । नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार बुटवलमा  पत्रकार सम्मेलन गरेका हुन् । अल्पमतको दलको नेतालाई मुख्यमन्त्रीमा नियुक्ति र सपथ गराइएको भन्दै उनीहरूले कानूनी र राजनीतिक लडाईं लड्ने बताए ।

बहुमत सांसदको हस्ताक्षरसहित सरकारमा दाबी पेश गर्दागर्दै ३७ जना सांसदको मात्रै समर्थन भएका पोखरेललाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नुले लोकतन्त्रको हत्या भएको उनीहरूको ठहर छ । नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले अधिनायकवादी नमूना लुम्बिनी प्रदेशमा शंकर पोखरेलले देखाएको बताए ।

‘यसविरुद्ध कानूनी र राजनीतिक लडाईं शुरु गर्दछौँ । मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख रवीन्द्र धानुकले बल प्रयोग र महिला हिँसा गरेकाले उनलाई निलम्बन गर्न उनले माग गरे । डीआईजी धानुक आफैं प्रत्यक्ष संलग्‍न भएर महिलालाई हातपात र दुर्व्यवहार गरेकाले निलम्बन गर्नुपर्ने विपक्षीको माग छ ।

प्रकाशित मिति : सोमबार, बैशाख २० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij