पर्सामा थप ७ दिन निषेधाज्ञा लम्बिने

पर्सामा थप ७ दिन निषेधाज्ञा लम्बिने

वैशाख, पर्सा । पर्सामा थप ७ दिन निषेधाज्ञा लम्बिने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवसथापन केन्द्रको बैठकले थप ७ दिन निषेधाज्ञा थप्न सिफारिस गरेको हो ।

मंगलबार बसेको बैठकले बैशाख ३० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लम्ब्यउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ । यसअघि बैशाख १६ गतेदेखि २२ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लागु गरेको थियो ।

 

निषेधाज्ञा एक साता थप गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।

‘ यसअघि लगाइएको निषेधाज्ञा भोलिसम्मका लागि कायम छ, डीसीसीएमसीको बैठकले एक साता थप गर्न सिफारिस गरेको छ ।’ उनले भने ‘ त्यसबारेमा भोलि सूचना निकाल्छौं

प्रकाशित मिति : मंगलबार, बैशाख २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij