बुटवल -बुटवल स्थित कारोना विशेष अस्पतालमा एकैरातमा ४ जना उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत ४ जनाको फरक फरक समयमा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।
अस्पतालका अनुसार बैशाख १५ गते भर्ना भएका बुटवल १२ का ४७ वर्षिय पुरुषको बिहिबार राती १० बजे मृत्यु भएको थियो भने आज बिहानै १ घण्टाकाबीचमा ३ जनाको मृत्यु भएको छ । १९ गते अस्पताल भर्ना भएकी कञ्चन गाँउपालिका ४ की २७ वर्षिया महिलाको बिहान ५ः४५ बजे मृत्यु भएको छ भने १८ गते भर्ना भएकी बुटवल ९ की ५४ वर्षिया महिलाको बिहान ६ः२५मा मृत्यु भएको छ । त्यसैगरि बिहिबार भर्ना भएकी तिलोत्तमा ४ की ४० वर्षिया महिलाको बिहान ६ः३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए ।
आज मृत्यु भएसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२४ पुगेको छ ।
प्रकाशित मिति : बुधबार, बैशाख २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्