नेपालमा नयाँ रेकर्ड : एकैदिन ९ हजार बढीमा कोरोना संक्रमण पुष्टि,५४ जनाको मृत्यु

नेपालमा नयाँ रेकर्ड : एकैदिन ९ हजार बढीमा कोरोना संक्रमण पुष्टि,५४ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ५४ जनाको मृत्यु भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ९७० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ५२९ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ पुगेको छ भने संक्रमित निको हुने दर ७९.४ प्रतिशत रहेको छ । पछिल्लो समय दिनहुँ संक्रमितको संख्या बढ्दै गएको छ भने धेरैजसो जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख २३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij