काठमाडौं – नेकपा एमालेको नेपाल-खनाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
सिंहदरबारमा बसेको यो पक्षका सांसदहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको नेता भीम रावलले जानकारी दिए । ओलीलाई विश्वासको मत पनि नदिने र अहिल्यै राजीनामा पनि नदिने निर्णय भएको उनले बताए ।
नेपाल खनाल पक्षले आफ्ना माग पूरा गर्न सोमबार विहानसम्मको समय दिएपनि ओलीले ती माग पूरा गर्न कु्नै पहल नगरेकाले विश्वासको मत दिन नसकिने निष्कर्षमा पुगिएको सांसदहरुले बताएका छन् ।
प्रधानमन्त्री ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिंदैछन् । एमालेले प्रधानमन्त्री ओलीको पक्षमा मतदान गर्न एमालेका सबै सांसदलाई ह्वीप जारी गरिसकेको छ ।
प्रकाशित मिति : सोमबार, बैशाख २७ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्