थप ९४८३ जनामा कोरोना‚ २२५ को मृत्यु‚ ५२२५ संक्रमणमुक्त

थप ९४८३ जनामा कोरोना‚ २२५ को मृत्यु‚ ५२२५ संक्रमणमुक्त

काठमाडौं – मंगलबार नेपालमा थप ९ हजार ४८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ५९६ जनाको पीसीआर परीक्षण र ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षण गरी कुल २१ हजार ३१६ जनाको परीक्षण गर्दा ९ हजार ४८३ जनामा कोरोना पोजिटिभ आएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा २२५ संक्रमितको मृत्यु भएको छ । योसहित नेपालमा कुल ४ हजार ८४ संक्रमितको मृत्यु भएको छ ।

त्यस्तै मंगलबार थप ५ हजारभन्दा बढी कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयको मंगलबारको तथ्यांकका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार २२५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका हुन् ।

कुल संक्रमितमध्ये हाल ९७ हजार ८ जना सक्रिय संक्रमित छन् भने ४४८ जना संक्रमित क्वारेन्टाइनमा छन् ।

प्रकाशित मिति : मंगलबार, बैशाख २८ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij