बुटवल-रुपन्देहीको बुटवल स्थित कोरोना विशेष अस्पतालको आइसियुमा अक्सिजन सकिएपछि ५ जनाको मृत्यु भएको छ । अस्पतालको आइसियु कक्षमा उपचाररत बिरामीको मृत्यु भएको सुचना अधिकारी डा. विष्णु गौतमले बताए ।
मृत्यु हुनेमा बुटवल–८का २९ वर्षीय पुरुष, बुटवल– ११का ५२ वर्षीय पुरुष, बुटवल–१२ का ५९ वर्षीय पुरुष र बुटवल–१३ का ५२ वर्षीय पुरुष तथा बर्दघाटकी ४४ वर्षीया महिला भएको उनले जनाए । अब अक्सिजन नआए अस्पतालमा रहेका सबै बिरामीको ज्यान जोखिममा रहेको भन्दै उनले यसअघि पनि पटकपटक जानकारी गराउंदै आइसियु र एचडीयुमा जसोतसो व्यवस्थापन गरिएपनि अहिले स्थिती नियन्त्रण बाहिर गरएको बताए । उक्त अस्पतालमा आईसीयूमा १६ जना उपचाररत थिए, तीमध्ये बुधबार पाँच जनाको मृत्यु भएको हो । उद्योगबाट आपूर्ति भएपछि अरु बिरामीले भने अक्सिजन पाएका छन् ।
प्रकाशित मिति : बुधबार, बैशाख २९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्