जनउत्थानको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनउत्थानको १० औं वार्षिक साधारण सभा सम्पन्न

 

बुटवल    –  जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा विहिबार भर्चुअल रुपमा सम्पन्न भएको छ । कोरोना भाईरस (कोभिड‐१९) को दोस्रो भेरियन्टको संक्रमण जोखिमलाई मध्यनजर गर्दै निषेधाज्ञा तथा स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण रुपमा पालना गर्दै भर्चुअल माध्यमबाट साधरणसभा गरिएको हो ।

वार्षिक साधारण सभाको औपचारिक उद्घाटन सँगै संस्थाका परिकल्पनाकार तथा संस्थापक अध्यक्ष डा. मान बहादुर बीकेले कोरोना भाईरसको यस विषम परिस्थितीमा समेत प्रविधीको प्रयोग गरी भर्चुअल माध्यमबाट साधारण सभा गरेकोमा बधाई तथा शुभकामना दिदै वित्तीय संस्थालाई कोरोना भाईरसले पारेको प्रभावलाई न्यूनिकरण गर्न नयाँ खालको रणनीति तयार गर्नुपर्नेमा जोड दिए ।

 

सञ्चालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षता, संस्थाका प्रमुख कार्यकारी अधिकृत÷कम्पनी सचिव श्रीराम पोख्रेलको सञ्चालन तथा सञ्चालक समितिका सदस्य रेवन्त बहादुर विश्वकर्माको स्वागतमा साधरणसभा भएको थियो । उक्त अवसरमा संस्थाका पूर्व अध्यक्ष यम बहादुर बि.के., पूर्व सञ्चालक डा. मेग बहादुर विश्वकर्मा, संस्थापक शंकर प्रसाद पौडेल, हरी काफ्ले, यज्ञ विक्रम शाही, भिम कुँवर, नर बहादुर विश्वकर्मा (जर्ज इभरेष्ट), बिनोद खाती, सर्वसाधारण शेयरधनीको तर्फबाट डा. अन्जनी कुमार गुप्ताले आफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

उक्त वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७६÷०७७ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गरेको छ।

साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७६÷०७७ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजी ७ करोड ९२ लाखको २.६० प्रतिशतले हुन आउने रकम २०

लाख ५९ हजार २ सय रुपैया मात्र नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने जनाएको छ । यसैगरि आ.व. २०७६÷०७७ को आषाढ

मसान्तमा कायम रहेको चुक्ता पूँजी ७ करोड ९२ लाखको ४९.४० प्रतिशतले हुने ३ करोड ९१ लाख २४ हजार ८ सय बरावरको बोनस शेयर जारी गर्ने साधरणसभाले पारित गरेको छ ।

संस्थाको अधिकृत पूँजी १० करोडबाट बृद्धि गरी ५० करोड पु¥याउने तथा कार्यक्षेत्र १९ जिल्लावाट विस्तार गरि राष्ट्रिय स्तरमा स्तरोन्नती गर्ने निर्णय गरेको छ ।

हाल पूर्वको पर्सा देखि पश्चिमको कञ्चनपुर सम्मका तराईका ११ वटा जिल्लाहरु र सोही जिल्लाहरु सँग जोडिएका पहाडका ८ वटा जिल्लाहरु गरी जम्मा १९ वटा जिल्लामा ३९ वटा शाखा कार्यालयहरु मार्फत करिव ४५ हजार समुह सदस्यहरुलाई संस्थामा आवद्ध गरी वित्तीय सेवा पु¥याईरहेको छ ।

प्रकाशित मिति : बिहिबार, बैशाख ३० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij