लुम्बिनी प्रादेशिक अस्पतालले घटायो पीसीआर शुल्क ,१ हजार परीक्षण हुने

लुम्बिनी प्रादेशिक अस्पतालले घटायो पीसीआर शुल्क ,१ हजार परीक्षण हुने

बुटवल – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुको प्रयोगशालाहरुको शुल्क निर्धारण गरेपनि बिभिन्न कारणहरु देखाउँदै सरकारी निर्णयको बेवास्ता गर्दै आएको लुम्बिनी प्रादेशिक अस्पतालले आजबाट पीसीआर शुल्क घटाएको छ । लामो समयदेखि सरकारको निर्णय बिपरित २ हजार रुपैयाँ लिँदै आएको अस्पतालले आजबाट शुल्क घटाएर १ हजार बनाएको छ ।

अस्पतालको आन्तरिक स्रोत लगायतको कारण देखाउँदै मन्त्रालयको निर्णय अवज्ञा गर्दै आएको अस्पताल विकास समितिले प्रदेश सरकारको समेत दवाव आएपछि आजबाट लागु हुने गरि घटाएको हो । मन्त्रालयले सरकारी अस्पतालहरुमा लक्षण सहितको संक्रमितलाई निशुल्क र उनीहरुको सम्पर्कमा आएकाहरुको निशुल्क पीसीआर परीक्षण गर्न निर्देशन गरेको थियो । नेपालका अधिकांस सरकारी अस्पतालहरुले लक्षण सहितका संक्रमितको निशुल्क परीक्षण गरेपनि सम्पर्कमा आएकाको तथ्यांक लिने र निशुल्क ब्यवस्थापन भने गरेका थिएनन् ।

सरकारी अस्पतालमा एकैपटक स्वचालित एक्सट्राक्सन किट सकिएका कारण पछल्लो समय पीसीआर परीक्षण समेत निकै कम परिमाणमा हुँदै आएको छ ।

प्रकाशित मिति : शुक्रबार, बैशाख ३१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij