काठमाडौं ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले घरमा अक्सिजन सिलिण्डर नराख्न स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
घर तथा संस्थामा अक्सिजन सिलिण्डर भए तत्काल अस्पताल तथा स्थानीय प्रशासनलाई बुझाउन मन्त्रालयले आग्रह गरेको छ ।
“कोभिड–१९ महामारी संक्रमितहरूको वर्तमान समयमा उपचार व्यवस्थापनमा अक्सिजनको महत्वपूर्ण भूमिका छ । चिकित्सकको सिफारिस वाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख, भएका सिलिन्डर नजिकको अस्पताल र स्थानीय प्रशाशनमा उपलब्ध गराउनु हुन सबैमा अनुरोध छ,” मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ १ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्