शपथबारे प्रधानमन्त्रीसँग सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेश दिन अस्वीकार

शपथबारे प्रधानमन्त्रीसँग सर्वोच्चले माग्यो लिखित जवाफ, अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको शपथविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले अन्तरिम आदेश जारी नहुने निर्णय गरेको छ । मंगलवार रिटमाथि भएको सुनुवाइपछि जारी आदेश अनुसार रिटलाई अग्राधिकार दिइनेछ । प्रधानमन्त्री ओलीले ‘प्रतिज्ञा गर्छु’ नभनेर ‘त्यो पर्दैन’ भनेपछि शपथविरुद्ध रिट परेको थियो ।

वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवाली, अधिवक्ता लोकेन्द्र वलीलगायतले सर्वोच्चमा रिट दर्ता गरेका थिए । रिटमा प्रधानमन्त्रीले पुनः शपथ लिन र सांसद नरहेका ७ मन्त्रीलाई काम गर्न रोक्न माग दाबी गरिएको छ । माओवादी छाडेर एमाले प्रवेश गरेका ७ जना गैर सांसद मन्त्रीले दोस्रो पटक शपथ लिएका थिए ।

त्यस्तै, शपथसम्बन्धी रिटमा भने सर्वोच्चले राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीसँग लिखित जवाफ माग गरेको छ । सोमबार रिटमाथि सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री ओलीसहितका विपक्षीसँग लिखित जवाफ माग गरेको हो ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ ४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij