सैनामैनामा निशुल्क अटो एम्बुलेन्स सेवा शुरु

सैनामैनामा निशुल्क अटो एम्बुलेन्स सेवा शुरु

सैनामैना
कोरोना महामारीमा समाज रक्षाको लागि हाम्रो एउटा सानो प्रयास भन्ने नारा सहित सत्य संजाल संस्थाले आजबाट सैनामैनामा नि शुल्क अटो एम्बुलेन्स सेवा सुरु गरेको छ । स्वास्थ्य सम्बन्धी सम्पुर्ण मापदण्ड अपनाइ संचालन गरिने निशुल्क अटो सेवाले कोभिड १९बाट संक्रमितहरुलाई अस्पताल सम्म पुर्याउन सहयोग गर्ने सत्य संजाल संस्थाका केशव राज कडेलले जानकारी दिनु भएको छ।
सत्य संजाल संस्थाद्वारा संचालित निशुल्क अटो एम्बुलेन्स सेवा शुभारम्भ गर्दै सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले महामारीको समयमा निशुल्क अटो एम्बुलेन्स सेवाले विपन्न तथा गरिब परिवारलाई ठुलो राहत पुग्ने बताएका छन। बिषम परिस्थितीमा मानव सेवामा लाग्नु जिवित छदै पुण्य कमाउनु भएको उल्लेख गर्दै नगर प्रमुख कार्कीले बिपदमा परेकाहरुको सेवाले बास्तबमै स्वर्गिय आनन्द प्राप्त हुने भएकोले सत्य सञ्जाल संस्थाले दिन दुखीहरुको सेवा गर्नु निकै आध्यात्मिक दृष्टिकोणले पनि धार्मिक कार्य भएको उल्लेख गरे । निशुल्क अटो एम्बुलेन्स सेवा संचालन गर्ने सेवामुलक कार्यको नगरपालिकाको पनि साथ र सहयोग हुने नगर प्रमुखले प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
समाज रक्षाको लागि हाम्रो एउटा सानो प्रयास भन्ने नारा सहित सत्य संजाल संस्थाका प्रदिप पाण्डेले बिषम परिस्थिति पुर्व पनि अटो संचालकहरुले सेवा दिइरहेको र कोभिड १९ को महामारीका बिचमा कोभिड १९ बाट संक्रमितहरुलाई यथासम्भव अस्पतालमा पुर्याउन सहज होस भन्ने उद्धेश्यका साथ आफुहरुले स्वास्थ्य मापदण्ड अपनाई निशुल्क अटो एम्बुलेन्स संचालन गरेको बताए । सत्य संजाल संस्थाले ३ वटा अटो मार्फत सेवा शुरु गरेको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ ५ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij