भारतले ढिला गर्दा कोरोनाको दोस्रो खोप प्रभावित

भारतले ढिला गर्दा कोरोनाको दोस्रो खोप प्रभावित

काठमाडौं – सरकारले भारतबाट थप खोप ल्याउन नसक्ने भएपछि पहिलो डोज लिइसकेका नागरिकहरु दोस्रो डोज लिनबाट बञ्चित भएका छन् ।

भारतको सेरम इन्स्टिच्युटले तत्कालै खोप निर्यात नगर्ने बताएपछि नेपाल सरकाले यो वर्ष खोप ल्याउने सम्भावना टरेको हो । नेपालले २० लाख डोज खोप खरिदका लागि सेरमलाई रकम बुझाए पनि १० लाख डोज खोप अझै आएको छैन ।

अब तत्काल खोप नआउने भएपछि गत फागुन २३ गतेबाट पहिलो डोज लगाएका ६५ वर्षमाथिका नागरिकले दोस्रो डोज लगाउने कार्यक्रम प्रभावित हुने सम्भावना बढेको छ ।

सेरमले सन् २०२१ को अन्त्यतिरबाट मात्रै अन्य देशमा खोप निर्यात गर्न सकिने बताएको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठी भने त्यसअघि नै खोप आउनेमा ढुक्क छन् ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ ६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij