सभापति देउवा शीर्ष नेताहरुसँग छलफलमा

सभापति देउवा शीर्ष नेताहरुसँग छलफलमा

काठमाडाैं – पछिल्लो राजनीतिक घटनाक्रमले नेताहरुलाई सक्रिय बनाएको छ । बिहान पार्टी पदाधिकारी बैठक गरेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले शीर्ष नेताहरुसँगको छलफलमा जुटेका छन् ।

देउवा निवासमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधव कुमार नेपाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव छलफलमा जुटेका छन् ।

कांग्रेसले आफ्ना पदाधिकारीसँगको बैठक सकिएलगत्तै विपक्षी दलहरुसँग छलफल गर्न लागेको हो । प्रचण्डले राष्ट्रपतिविरुद्ध महाअभियोग लगाउनेबारे सल्लाह भइरहेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि विपक्षी दलहरुलाई आह्वान गरेकी छन् । यसबारेमा पनि छलफल गर्नका लागि देउवाको नेतृत्वमा भेला आयोजना गरिएको हो ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij