तिमि उता छटपटी रहेका
थियौ
म पनि छटपटी रहेकी थिए
यता।
जसोतसो गुजारा गर्दै थिए
तिम्रो सत्बुद्धि आउने
आसमा।।
मेरी आमालाई झन
झन छटपटि भो
जब सकिदै थियो मेरो
कृत्रिम बायु ।
तिमिलाई पनि छटपटि भो,
जब
छोटिदै थियो तिम्रो कुर्चिको
आयु।।
तिमि यति छटपटियौ न
गर्न दियौ
न त तिमिले नै केहि गर्यौ।।
मात्र यति गर्यौ,
आत्मसम्मान बेच्यौ
दुनियाको सामु लम्पसार
पर्यौ।।
हो, एउटै आमाका दुई
सन्तति हामी
हामी दुवै जना लडिरहेका
थियौ।
फरक यति थियो म
यमराज संग तिमि
कुर्सिसंग लडिरहेका थियौ।।
दुइ भाई मिलेर बहिनि
बचाउलान ठुलो आस थियो
मेरी आमालाई ।
तर तिमी त यति तल्लिन
भयौ आफ्नै सत्ता
समिकरण मिलाउनलाई।।
कठै तिम्रो मन के को रैछ??
ढुङ्गा पनि पग्लन्छ भन्थे
पग्लने तिम्रो मन।
थाहा छैन कुन बेला
रोकिन्छ
कृत्रिम बायुले धानेको मेरो
जिवन।।
भन्दै थिइन मेरी आमाले, हे
बाबु
पहिला एक मुठि सासको
जोहो गर।
सुनेनौ पटक्कै आमाको
बिन्ती, भन्दै
थिइन दुई भाई आपसमा
नलड।।
लड्नुको साटो महामारी संग
लडाइ भो आखिर
एकआपसमा।
घर मै आउदै छन रे
आशिर्बाद लिन
के दिन्छौ आशिर्बाद तिमिले
आमा??
तिमिले ठिक गर्यौ कि
गलत?त्यो म
भन्दिन, सबैको हिसाब
गरौला।
अब त महामारीका बिरुद्ध
लडौ
आफु आफुमा त फुर्सदमा
लडौला।।
प्रकाशित मिति : आइतबार, जेष्ठ ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्