२२ दलले भने– ‘अहिले जीवनरक्षा चाहिएको छ, चुनाव होइन’

२२ दलले भने– ‘अहिले जीवनरक्षा चाहिएको छ, चुनाव होइन’

काठमाडौं – नेकपा माओवादी केन्द्रसहित २२ दलले संसद् पुनःस्थापनाको माग गरेका छन् । सोमवार (आज) विज्ञप्ति जारी गर्दै २२ सान दलले अहिले जनताको चाहना चुनाव नभएको भन्दै संसद् पुनःस्थापनाको माग गरेका हुन ।

२२ दलको कार्यगत एकताको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी) का नेता सीपी गुजरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ— ‘विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ विशेषज्ञहरुले आगामी मंसिर र पुसमा कोरोना महामारीको तेस्रो लहर आउनसक्ने र त्यो अहिलेको भन्दा पनि बढी क्षति पुर्याउने किसिमको हुने चेतावनी दिएकै समयमा कथित संसदीय निर्वाचनको मिति तोकिनुले यसपछाडि ठूलो षड्यन्त्र लुकेको छ भन्ने बुझ्न सकिन्छ । जनता आफ्नो जीवनरक्षा चाहन्छन्, चुनाव होइन । यतिखेर हाम्रो आवश्यकता जीवनरक्षा हो, संसदीय निर्वाचन होइन ।’

उनीहरूले राष्ट्रपतिले गरेको निर्णय खारेजसमेत माग गरेका छन् । विदेशी शक्तिहरुले नेपालको राष्ट्रिय सार्वभौमिकतामाथि आँच आउने गतिविधि गरिरहेको दाबी गर्दै अपीलमा देशभक्त र प्रगतिशील शक्तिलाई एकजुट हुन आह्वान गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको रिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत ८ गते मध्यरातमा संसद् विघटन गरेकी छन् । त्यसपछि संसद्मा प्रतिनिधित्व गरिरहेका ५ दलका सांसदहरु सर्वोच्च गएका छन् । उनीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने, संसद् पुनःस्थापना हुनुपर्ने र तत्काल संसद् अधिवेशन बोलाउनुपर्नेलगायतका माग राखेका छन् ।

प्रधानमन्त्री ओलीले यसअघि ०७७ पुस ५ गते पनि संसद् विघटन गरेका थिए । तर, पछि सर्वोच्च अदालतले फागुन ११ मा पुनःस्थापना गरिदिएको थियो । तर, पुनः प्रधानमन्त्री ओलीले विघटन गरेका हुन् ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij