रुपन्देहीमा पछिल्लो २४ घण्टामा थपिए २०४ संक्रमित, ४९४ जना डिस्चार्ज

रुपन्देहीमा पछिल्लो २४ घण्टामा थपिए २०४ संक्रमित, ४९४ जना डिस्चार्ज

बुटवल । रुपन्देहीमा थप २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ६१० जनाको कोरोना परीक्षण गर्दा २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।

थपिनेहरुमा बुटवल उपमहानगरपालिकामा ७२ जना, तिलोत्तमा नगरपालिकामा ४८ जना, सिद्धार्थनगर नगरपालिकामा १९ जना, देवदह नगरपालिकामा १८ जना, कञ्चन गाउँपालिकामा १५ जना, सैनामैना नगरपालिकामा १३ जना, सियारीमा ६ जना, गैडहवामा ४ जना, ओमसतिया, मायादेवी, रोहिणी र लुम्बिनी सांस्कृतिकमा १ १ जना संक्रमित थपिएका छन् ।

यो सँगै रुपन्देहीमा कोरोना संक्रमित हुनेको संख्या २५ हजार ३०१ पुगेको छ । हाल जिल्लामा ४ हजार २४७ जना कोरोनाका संक्रिय संक्रमितहरु रहेका छन् ।

यस्तै रुपन्देहीमा पछिल्लो २४ घण्टामा ४९४ जना संक्रमित निको भएका छन् । यो सँगै निको हुनेको संख्या २० हजार ६४८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ३९६ पुगेको छ ।

प्रकाशित मिति : सोमबार, जेष्ठ १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij