एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय

एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोना महामारीका कारण स्थगित २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको छ ।

बोर्डको शनिवार बसेको बैठकले एसईई परीक्षा वैकल्पिक मूल्यांकन विधिबाट गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष चन्द्रममणि पौडेलले बताए । उनले भने, ‘हामीले एसईई परीक्षा वैकल्पिक मूल्यांकनबाट गरौं भनेर शिक्षा मन्त्रालयलाई सिफारिस गरेका छौँ । अब शिक्षा मन्त्रालयको निर्णय बमोजिम एसईई परीक्षा हुन्छ ।’

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठप्रसाद अर्यालको अध्यक्षतामा गठित कार्यदलले गत बिहीवार (जेठ १४) बोर्डलाई १२ कक्षा र एसईई परीक्षाको विकल्प सहितको प्रतिवेदन पेस गरेको थियो ।

प्रतिवेदन प्राप्त गरेपछि बोर्डले शुक्रबारदेखि नै परीक्षाको मोडालिटीका विषयमा छलफल अगाडि बढाएको थियो । कार्यदलले बोर्डलाई कोरोना संक्रमण दर र परिवेशको आँकलन गरी परीक्षा सञ्चालन गर्न सुझाब दिएको थियो ।

प्रकाशित मिति : आइतबार, जेष्ठ १६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij