काठमाडौं : कोरोना संक्रमण बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले सञ्चालन हुँदै आएको वार्षिक परीक्षा वैशाख १४ गते सूचना जारी गरी अनिश्चितकालका लागि स्थगित गर्याे। त्यहीबेला स्नातक तहका मानविकी,व्यवस्थापन, शिक्षा संकायका वार्षिक परीक्षा सञ्चालन हुँदै आएका थिए।
परीक्षा स्थगित गरेको एक महिना वितिसक्दा पनि अहिलेसम्म त्रिविले रोकिएको परीक्षाको अन्योलता हटाउन सकेको छैन। जसकारण परीक्षार्थी चिन्तित छन्। आगामी साउनसम्ममा स्नातक तहका सबै संकायका प्रथम र दोस्रो वर्षको परीक्षा सक्ने लक्ष्य लिएको छ।
तर,यो महामारीमा कुन विधिबाट परीक्षा सञ्चालन गर्ने भनी अहिलेसम्म केही निर्णय लिन सकेको छैन। परीक्षाको विषयमा त्रिविका रजिस्ट्रार पेशल दाहाल भन्छन,‘विए प्रथम वर्ष र निषेधाज्ञा अघि लिएर रोकिएको सबै परीक्षा साउन सम्ममा लिइसक्ने भनेर छलफल भइरहेको छ,तर कुन विधिमा सञ्चालन गर्ने अहिले सम्म केही निर्णय हुन सकेको छैन,छलफलकै चरणमा छ।’
उनका अनुसार भौतिक उपस्थितिमा परीक्षा गराउने भन्ने अहिले विकल्प छैन। ‘अझै संक्रमणको जोखिम उच्च छ,त्यसैले भौतिक उपस्थितिमा तत्काल परीक्षा हुँदैन,अनलाइनबाट गर्न पनि सबैको पहुँचमा प्रविधि छैन,’दाहालले भने।
प्रकाशित मिति : बिहिबार, जेष्ठ २० २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्