JanataToday.com

Advertisment

SKIP THIS

जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध : राष्ट्रपति भण्डारी

जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध : राष्ट्रपति भण्डारी

काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले जातीय भेदभाव तथा छुवाछुत प्रथाविरुद्ध दृढतापूर्वक क्रियाशील हुन सबैमा आग्रह गरेकी छन् । छुवाछुतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमाविरुद्धको अपराध भएको बताएकी छन् ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत सबैमा सद्भावको विकास गर्न तथा सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना अभिवृद्धि गर्न दिवसले अभिप्रेरित गर्ने विश्वास व्यक्त गरेकी छन् ।

यस्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विना भेदभाव सम्मानित जीवनयापन गर्ने वातावरण तयार गर्न आवश्यक सबै कानुनहरु निर्माण गरिसकेको बताइन् ।

२०६३ साल जेठ २१ गते देशलाई जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको अवसरमा हरेक वर्ष जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसका रूपमा मनाउने गरिन्छ  ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ २१ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij