काठमाडौं – बाँकेमा पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।
रुकुमकी ६५ वर्षीय महिलाको शुक्रबार दिउँसो सवा ३ बजे र नेपालगञ्ज उपमहानगरपालिका-११ की ५५ वर्षीय महिलाको शुक्रबार करिब ४ बजे नेपालगञ्ज मेडिकलमा मृत्यु भएको हो ।
यस्तै बर्दियाको गुलरिया नगरपालिका-४ का ५७ वर्षीय पुरुषको शुक्रबार साँझ ६ बजे , कोहलपुर-१४ की ७० वर्षीय महिलाको शुक्रबार राति सवा ७ बजे र दाङ तुलसीपुर उपमहानगरपालिका-१८ की ७२ वर्षीय महिलाको शनिबार बिहान ५ बजे उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।
यससँगै बाँकेमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या २९९ पुगेको छ भने बाहिरी जिल्लाबाट उपचारका लागि आएर मृत्यु हुनेको संख्या ३१० पुगेको छ ।
प्रकाशित मिति : शनिबार, जेष्ठ २२ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्