ओलीले एकता नचाहेको भन्दै हस्ताक्षर फिर्ता नलिने माधव पक्षका नेताहरुको भनाई

ओलीले एकता नचाहेको भन्दै हस्ताक्षर फिर्ता नलिने माधव पक्षका नेताहरुको भनाई

काठमाडौ । नेकपा एमाले माधव पक्षका नेताहरुले ओलीको एकता प्रस्ताव अस्वीकार गर्ने भएका छन्।पार्टी एकताका लागि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक गरेको कुनै पनि प्रस्ताव मान्य नहुने निष्कर्ष सहित ओलीसँग अनौपचारिक वार्तामा रहेका केही नेता बाहेकका माधव पक्षका सबै नेताहरुले प्रस्ताव अस्वीकार गर्ने निर्णय निकालेका हुन्।

उनिहरुकाका अनुसार ओलीले आफ्नो ६ बुँदे एकता प्रस्ताव ‘नेकपा एमालेलाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने र नेकपाको केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनुभएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटी संरचना गतिशिल हुनेछन्’ भनेका छन्। ओलीले यस्तो प्रस्ताव राख्ने बित्तिकै जेठ २ अघिको अवस्थामा पुगेको मानिन्न।

ओलीले ‘मातहतका पार्टी कमिटी र जनसंगठनहरु मूलभुतरुपमा २०७५ जेठ ३ पूर्वको अवस्थामा फर्केर क्रियाशिल हुनेछन् भन्नु’ पनि उनी पार्टी एकता चाहँदैनन् भन्ने प्रस्ट भएको विद्रोही पक्षको निष्कर्ष छ।

यस्तै ओलीले ‘आफ्ना पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको एमालेका सांसदहरुको हस्ताक्षर फिर्ता नलिने भन्दै उनिहरुले त्यो राष्ट्र र लोकतन्त्रलाई बचाउन गरेको हस्ताक्षर बताए । दोस्रो पटक पनि संसद भंग गर्नु गलत भएकाले ओलीलेन नै माफी माग्नुपर्ने उनिहरुको भनाई छ ।

अर्कोतिर संसद भंग गरेर अहिले मुलुकलाई चुनावमा धकल्नुपर्ने आवश्यता नै नभएको भन्दै महामारीमा उपचार नपाएर जनताले ज्यान गुमाएका र राहत प्याकेज सरकारबाट नपाएका बेला राज्यले ५० अर्बको चुनावको घोषणा गर्नु व्यवहारिक नभएको उनिहरुले बताए ।

आफूहरुलाई हस्ताक्षर फिर्ता गर्न लगाएर मुलुकलाई तथाकथित चुनावमा लैजाने ओलीको उद्देश्य भएको उनको ठम्याइ छ ।

कुनै पनि सिद्धान्त र पद्दति आफैले पालना नगरेको ओलीले ‘यस बीचमा विभिन्न कमरेडहरुबाट भएका गल्ती तथा कमिकमजोरीलाई लिएर कुनै पनि कारवाही गरिने छैन, पूर्वाग्रह राखिने छैन र कुनै भेदभाव गरिने छैन’ भन्नु आफैमा गलत भएको पनि उनिहरुले बताए ।

चालबाजीपूर्ण तरिकाले ओलीले वार्तालाई अगाडि बढाएको र त्यसको भ्रममा पर्न नहुने यो पक्षका अधिकांश नेताहरुको भनाइ छ।
आइतबार ओलीले सार्वजनिक गरेको एकता प्रस्तावमा कुनै पनि नौलो कुरा नभएको उनीहरुले बताएका छन्। उनीहरुका अनुसार बरु आफ्नै पक्षका तर अलमलमा रहेका केही नेताहरुले आफ्नो ‘पोजिसन’ स्पष्ट पार्ने मौका मिलेको छ।

प्रकाशित मिति : सोमबार, जेष्ठ २४ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij