काठमाडौँ – सरकारले चीनबाट अनुदान प्राप्त चिनियाँ खोप ‘भेरोसिल) आजबाट विभिन्न उमेर समूहलाई लगाइँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कोरोनाविरुद्ध दुई दिने खोप अभियान चलाइने भएको हो ।
स्वास्थ्य सेवा विभागले सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई परिपत्र गर्दै उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा विभिन्न वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन भनेको छ ।
परिपत्र अनुसार अब तिब्बतसँग जोडिएका जिल्लामा १८ वर्षमाथिका पहिलो डोज लगाउन बाँकीलाई प्राथमिकता दिइनेछ भने सबै हिमाली जिल्लाका ५५ वर्षदेखि ५९ वर्षबीचका पहिलो डोज लगाउन बाँकी पनि प्राथमिकता क्रममा पर्ने भएका हुन् । अन्य जिल्लाको हकमा ६२-६४ वर्ष उमेर समूहलाई प्राथमिकता दिन परिपत्रमार्फत् आग्रह गरिएको छ ।

प्रकाशित मिति : मंगलबार, जेष्ठ २५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्