लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषिलाइ प्राथमिकता

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्य र कृषिलाइ प्राथमिकता

प्रदेश प्रमुखको बिरोध स्वरुप विपक्षी सांसद अनुपस्थित

 

 

बुटवल-लुम्बिनी प्रदेश सरकारले मंगलबार सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्यो । प्रदेश प्रमुख धर्मनाथ यादवले सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गरीरहँदा विपक्षीको रो भने रित्तै थियो । हाल ८३ सदस्य रहेको प्रदेशसभामा मंगलबार विपक्षी गठबन्धनका ४१ सांसद मध्ये जम्मा ४ जना बैठकमा उपस्थित थिए ।

नेपाली काँगे्रेस,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, र राष्ट्रिय जनमोर्चाले आफना दलका प्रमुख सचेतकलाइ मात्रै सदनमा सहभागी गराएका हुन । विपक्षी गठबन्धनका अन्य सांसदहरु प्रदेशसभा भवनमा उपस्थित भएपनि सभाकक्षमा प्रवेश गरेनन ।

प्रदेश प्रमुखले संविधान विधि प्रकृया पद्यती मिचेर मुख्यमन्त्री नियुक्त गरी सपथ खुवाएको र प्रदेश सरकारका असंवैधानिक कदमलाइ साथ दिएकाले भद्र शैलीमा बिरोध गरीएको काँग्रेसका प्रमुख सचेतक फकरुद्धिन खानले बताए । माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले मंगलबारको बिरोध प्रदेश प्रमुख बिरुद्धको बताउदै नीति तथा कार्यक्रमका सम्बन्धमा गठबन्धनको छुट्टै धारणा आउने बताए ।

गत बैशाख १९ गते बिहान बहुमत गुमाएको भन्दै राजीनामा दिएका मुख्यमन्त्री शंकर पोखरेललाइ सोही दिन साँझ अल्पमतमै रहेका बेला संविधानको धारा १६८ को १ बमोजिम एकल बहुमतको सरकारको मुख्यमन्त्री बनाइएको थियो ।

स्वास्थ्य र कृषिमा जोड

लुम्बिनी प्रदेश सरकारको आगामी आर्थिक बर्ष २०७८÷०७९ को नीति तथा कार्य्रकमले स्वास्थ्य र कृषि क्षेत्रलाइ जोड दिएको छ । प्रदेश सरकारको अथक प्रयासले चालु बर्षमा कोरोना नियन्त्रण,संक्रमितको उपचारमा सफलता हात पारेको दावी गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी बर्ष पनि स्वास्थ्य,शिक्षा,कृषि,पूर्वाधारलाइ विशेष जोड दिइने बताए । नीति तथा कार्यक्रममा कोभिडको उपचार र व्यवस्थापनकालागि स्वास्थ्य पुर्वाधार निमार्ण,औषधी उपकरण र जनशक्ति व्यवस्थापन कार्यलाइ प्राथमिकता दिने भनिएको छ । प्रदेश भित्रका अस्पतालहरुको स्तरोन्नती,स्वास्थ्यकर्मीका लागि प्रोत्साहनका कार्यक्रमलाइ प्रथमिकतामा राखएिको छ । कोभिड १९ बाट प्रभावितहरुकालागि सुलभ कर्जा,व्याजमा अनुदान र उद्यमशीलतालाइ प्राथमिकता दिइएको छ ।

पूर्वाधार,पर्यटन,शिक्षा,कृषिका कार्यक्रम पनि अधिकाँस पुरानै छन । कृषि क्षेत्रको ऋणको व्याज मिनाह,रोजगारी प्रबर्धनकालागि युवालाइ सहुलियत ऋण कार्यक्रमलाइ बजेटमा समावेस गर्ने भनिएको छ । प्रदेश स्तरका कृषी सडक, पर्यटन सडक,सिमासडक,पहुँच मार्गको संजालको विकास बिस्तारकालागि बजेट बिनीयोजन गर्ने,स्थानीय तह पहुँच मार्ग कार्यक्रम,सिद्धबाबाको बैकल्पिक मार्ग चरङ्गे झुम्सा सडकको निर्माण सम्पन्न गरी यातायात सचालन गर्ने । आगामी बर्ष १०१ वटा सडक निर्माण पुरा गर्ने भनिएको छ । र्पूण सरसफाइ,एक घर एक घारा सकल्प,जोखीमपुर्ण बस्ती स्थानान्तरण,हिल स्टेशन निर्माण,एक जिल्ला एक बाली,हिंसामा परेका महिलाहरुकालागि पुर्नस्थापना केन्द्र निर्माण जस्ता योजना पुरानै छन । सुरुकै बर्ष ल्याइएको र अहिले सम्म प्रभावकारी नदेखिएको र कार्यकर्ता पोष्ने कार्यक्रम भनेर स्थानीय कृषकबाट धेरै गुनासो आएको कार्यक्रम स्माट कृषि गाँउ, मुख्यमन्त्री ग्रामिण विकास कार्यक्रम जस्ता कार्यक्रमलाइ प्राथमिकतामै राख्ने नीति लिइएको छ । यसपाली खानेपानीलाइ पनि मुख्यमन्त्रीसंग जोडीएको छ । मुख्यमन्त्री स्वच्छ खानेपानी कार्यक्रम ल्याइएको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ २६ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij