विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले भने– द्वन्द्वमात्रै होइन, राजनीतिमा मेलमिलाप पनि हुन्छ

विश्वासको मत माग्दै मुख्यमन्त्री गुरुङले भने– द्वन्द्वमात्रै होइन, राजनीतिमा मेलमिलाप पनि हुन्छ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका छन् । बिहीबार (आज) बसेको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री गुरुङले विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री गुरुङले आफूलाई विश्वासको मत दिएमा प्रदेशलाई एकताबद्ध बनाएर अघि बढ्ने भन्दै विश्वासको मत दिन आग्रह गरे ।

मत माग्दै मुख्यमन्त्री गुरुङले भने— ‘हालसम्म प्रदेशले प्राप्त गरेको उपलब्धी सुरक्षित गर्दै समृद्ध प्रदेशको महान अभियानका लागि मलाई विश्वासको मत दिनुस्, म सबैलाई एकताबद्ध बनाउँछु । राजनीतिमा द्वन्द्वको विषय मात्र नभई मेलमिलाप र एताको विषय पनि हुन्छ ।’

योसँगै मुख्यमन्त्री गुरुङले आफूले विश्वासको मत नपाए संविधानअनुसार अघि बढ्ने बताए ।

प्रकाशित मिति : बिहिबार, जेष्ठ २७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij