काठमाडौं -नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार १४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । यो संग नेपालमा कुल डिस्चार्ज हुनेको संख्या ५ लाख ३६ हजार २५२ पुगेको छ । नेपालमा संक्रमण मुक्त हुनेदर ८७ दशमलव ८ प्रतिशत रहेको छ ।
त्यस्तै, चौबीच घण्टामा २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिगत २४ घण्टामा ९ हजार ४३८ जनाको पीसीआर विधि र ५ हजार ३८१ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुल २ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा हालसम्म पीसीआर विधिबाट ६ लाख १ हजार ५२१ जना र एन्टिजेन विधिबाट २१ हजार ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ५३ जनाको मृत्यु भएको छ ।योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८ हजार ४६५ पुगेको छ ।
प्रकाशित मिति : सोमबार, जेष्ठ ३१ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्