JanataToday.com

Advertisment

SKIP THIS

वाढी प्रभावितलाई गिफ्ट तथा कस्मेटिक बस्तुगत समितिको खाना

वाढी प्रभावितलाई गिफ्ट तथा कस्मेटिक बस्तुगत समितिको खाना

 

बुटवल -बुटवल उद्योग बाणिज्य संघ अन्तरगत गठित गिफ्ट तथा कस्मेटिक बस्तुगत समितिले वाढी प्रभावितलाई राहत स्वरुप खाना खुवाएको छ । तीनदिन देखि परेको अविरल वर्षाका कारण प्रभावित बुटवलको तिनाउ नदि आसपासका २ सय जनालाई उक्त बस्तुगत समितिले बुधबार साँझको खाना खुवाईएको हो ।

त्यस अवसरमा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले वाढी प्रभावितलाई खाना खुवाएर मानवीय कार्य गरेको भन्दै बस्तुगत समितिको प्रसंशा गर्नुभयो । उहाँले वर्षा जारी रहेकाले नदी आसपासका बस्तीमा सतर्कता अपनाउन समेत आग्रह गर्नुभयो । अध्यक्ष कसजूले निजी क्षेत्रको अग्रणी संस्था बुटवल उद्योग बाणिज्य संघले आर्थिक मात्रै नभएर सामाजिक काममा समेत नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको स्मरण गर्दै संघ अन्तरगत गठित बस्तुगत समितिले पनि सोही अनुसार सामाजिक काममा समितिलाई उभ्याएको भनाई राख्नुभएको ।

नेपालभर आईतबार रातीदेखि अविरल रुपमा मनसुनी वर्षा भईरहेको छ । वर्षाका कारण तिनाउ सहितका नदी सतहभन्दा माथि आएका छन् । जसका कारण नदी किनारमा बसोबास गर्दै आएका वाढीबाट प्रभावित भएका हुन् । वाढीबाट प्रभावित उनीहरुलाई एकछाक भएपनि संस्थाको तर्फबाट खाना खुवाईएको गिफ्ट तथा कस्मेटिक बस्तुगत समितिका सभापति अलिम दिनले बताउनु भयो ।

विपदमा परेकालाई सहयोग गर्नु मानवीय कार्य भएको बताउँदै उहाँले मानवता प्रवद्र्धनको लागि संस्थाले एकछाक खाना खुवाएर उदाहरण मात्रै प्रस्तुत गरिएको बताउनु भयो । उहाँका अनुसार गिफ्ट तथा कस्मेटिक बस्तुगत समितिले वाढी प्रभावितलाई नै लक्षित गरेर कपडा बैक सञ्चालन गर्न लागेको छ । उक्त कपडा बैंकमा समेत सहयोग गर्नको लागि उद्योगी व्यबसायीलाई उहाँले आग्रह गर्नुभयो ।

गिफ्ट तथा कस्मेटिक बस्तुगत समितिले बुटवलको आम्दा अस्पतालमा भेन्टिलेटर सहितको आईसीयू कोभिड वार्ड स्थापनामा समेत संघ मार्फत १ लाख २५ हजार रुपैंया आर्थिक सहयोग गरेको थियो ।

गिफ्ट तथा कस्मेटिक बस्तुगत समितिका उपसभापति विष्णुप्रसाद उपाध्यायको संयोजकत्वमा खाना खुवाउने कार्यक्रम भएको हो । संयोजक उपाध्यायले विपद जसलाई पनि आउन सक्ने भन्दै विपदको समयमा खाना नपाएर भोकै हुनु नपरोस भन्ने उद्देश्यले खाना खुवाईएको बताउनु भयो । संस्थाले जे जती सकिन्छ त्यसै अनुसार सहयोग गरिएको बताउँदै आवश्यक परेमा फेरी पनि संस्थाले सहयोग गर्ने सचिव सन्तोष नेपालले बताउनु भयो ।

प्रकाशित मिति : बिहिबार, असार ३ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij