काठमाडौं -नेपालमा पछिल्लो चौबीस घण्टामा ४ हजार २० जना कोरोना संक्रमित निको भइ डिस्चार्ज भएका छन् । योसँगै देशभर कोरोना मुक्त हुनेको कुल संख्या ५ लाख ४९ हजार ६८२ पुगेको छ । हाल कोरोना संक्रमण निको हुने दर ८९ प्रतिशत रहेको छ ।
त्यस्तै चौबीस घण्टामा थप २ हजार ७६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरबाट जम्मा १३ हजार ०३७ जनाको परीक्षण गरिएको छ । ७ हजार ५६९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १९६३ तथा ४ हजार ५६८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ८०५ जनामा गरि जम्मा २ हजार ७६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै देशभर कुल संक्रमितको संख्या पीसीआर विधिबाट ६ लाख १७ हजार ९४७ र एन्टिजेन विधिबाट २४ हजार ८६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै, पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या ८ हजार ६४१ पुगेको छ ।
प्रकाशित मिति : शुक्रबार, असार ४ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्