बुटवल । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा २२ जनामा संक्रमण पुष्टि भएको छ भने ६० जना निको भएका छन् ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार १३६ जनाको नमुना परीक्षण गर्दा २२ जनामा संक्रमण देखिएको हाे । रुपन्देहीमा पछिल्लो २४ घण्टाको अवधीमा कोरोनाबाट १ जना संक्रमितकाे मृत्यु थपिएका छन् ।सनिबार तिलोत्तमा नगरपालिकामा ९, बुटवल उपमहानगरपलिका र देवदह नगरपालिकामा ३/३ जना, सैनामैनामा नगरपालिका, सिद्धार्थनगर नगरपालिकाका र कन्चन गाउँपालिकामा २/२ जना संक्रमित थपिएका छन् । जिल्लामा हाल कोरोनाका संक्रिय संक्रमितको संख्या ४१२ रहेको छन् । जिल्लामा अहिलेसम्म जिल्लामा ४७७ जनाको ज्यान गईसकेको छ ।
प्रकाशित मिति : शनिबार, असार ५ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्