बुटवल ।
नेपालमा थप २४४२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट १४२१ र एन्टिजेन विधिबाट १०२१ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख २१ हजार ५६ र एन्टिजेनबाट २६ हजार ५९५ जना पुगेको छ ।
यस्तै, सोही अवधीमा थप ३ हजार ४५६ जनाले कोरोना जितेका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ५ लाख ५६ हजार ७९८ पुगेको छ । नेपालमा कोरोनाबाट आज ५१ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ८ हजार ७२६ पुगेको छ ।
प्रकाशित मिति : आइतबार, असार ६ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्