काठमाडौं – २४ घण्टायता देशभर आज देशभर ३ हजार ५५८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म ५ लाख ६८ हजार ४४० जना संक्रमित निको भइसकेका छन् ।
त्यस्तै गत २४ घण्टामा २ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । ७ हजार ४६१ जनाको पीसीआर र ४ हजार ९५३ जनाको एन्टीजेन परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा ५० हजार ५२० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशभर ५२ जना संक्रमितको मृत्यु भएको छ । त्यसबाहेक अन्य समयमा २९ जनाको मृत्यु पनि कोरोना संक्रमणको कारण भएको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति : बुधबार, असार ९ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्