रोटरीद्वारा पाठेघरको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर

रोटरीद्वारा पाठेघरको क्यान्सरसम्बन्धी स्वास्थ्य शिविर

बुटवल-रोटरी क्लव अफ बुटवलले रुपन्देहीको देवदहमा एक दिने स्वास्थ्य शिविर सम्पन्न गरेको छ । महिलाहरुको पाठेघर क्यान्सर सम्बन्धी प्रारम्भिक परीक्षण गर्ने उद्देश्यले उक्त स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
शिविरमा एक सय ५५ जना महिला सहभागी भएका थिए । उनीहरुलाई महिलासम्बन्धी प्रोल्याप्स र सर्भिकल क्यान्सर स्क्रिनिङ गरिएको थियो । देवदह स्वासथ्यचौकी खैरेनीमा आयोजना गरिएको स्वास्थय शिविरमा देवदह मेडिकल कलेजमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. ज्योती राना, रेडियोलोजिस्ट डा. अन्जान कोइरालाको टोलीले स्वास्थ्य परीक्षण गरेको थियो । त्यस्तै एशियन डाइग्नोसिस ल्यावबाट मनिष महतो लगायतको टोलीले प्राविधिक परीक्षण गरेको थियो ।
चिकित्सकहरुले पाठेघरको क्यान्सरबाट बच्न ध्यान दिनुपर्ने विषयमा बारेमा जानकारी गराएका थिए ।
रोटरी क्लव अफ बुटवलका अध्यक्ष सुनिल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उदघाटन देवदह नगरपालिकाका प्रमुख हिराबहादुर केसीले गरेका थिए । त्यस अवसरमा उनले यस्ता कार्यक्रमले स्वास्थ्य सम्बन्धी जनचेतनामा महत्वपूर्ण सहयोग पुग्ने बताए । कार्यक्रममा देवदह नगरपालिकाकी उपप्रमुख विद्यालक्ष्मी गुरुङ, देवदह स्वास्थ्य चौकीका प्रमुख डिलेश्वर श्रेष्ठ, रोटरी क्लव अफ बुटवलका सचिव रोम शर्मा, कोषाध्यक्ष खेमनारायण पराजुलीलगायतले क्लवले गर्दै आएको सामाजिक कार्यको बारेमा जानकारी गराएका थिए ।

प्रकाशित मिति : बुधबार, असार ९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij