थप २,४७४ जनामा कोरोना संक्रमण,२ हजार ५१८ संक्रमित डिस्चार्ज, २४ जनाकाे मृत्यु

थप २,४७४ जनामा कोरोना संक्रमण,२ हजार ५१८ संक्रमित डिस्चार्ज, २४ जनाकाे मृत्यु

काठमाडाैं । नेपालमा पछिल्लो चाैबीस घण्टामा २ हजार ५१८ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । साेही अवधीमा २ हजार ४७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार २३५ जनाको पीसीआर परीक्षणबाट १ हजार ५७७ र ४ हजार ९९७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८९७ जना गरी  २ हजार ४७४  जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो चाैबीस घण्टामा थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा ८ हजार ९१८ जनाकाे मृत्यु भएकाे छ । नेपालमा हाल सक्रिय संक्रमितकाे संख्या ४९ हजार ५५५ जना रहेकाे छ भने कुल संक्रमित हुनेकाे संख्या ६ लाख २९ हजार ४३१ जना पुगेका मन्त्रालयले जनाएकाे छ ।

प्रकाशित मिति : बिहिबार, असार १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij