प्रधानमन्त्री तथा मन्त्रीहरुको जिम्मेवारी थप/ गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

प्रधानमन्त्री तथा मन्त्रीहरुको जिम्मेवारी थप/ गृह मन्त्रालयको जिम्मा विष्णु पौडेललाई

प्रधानमन्त्री केपी शर्मा ओलीले रक्षा तथा परराष्ट्र मन्त्रालयको जिम्मेवारी पनि आफैंले लिएका छन। हालै उप प्रधानमन्त्रीमा पदोन्नति भएका बिष्णुप्रसाद पौडेललाई अर्थ मन्त्रालयका साथै गृह मन्त्रालयको जिम्मेवारी पनि थपिएको छ। उनलाई उध्योग, वाणिज्य तथा आपूर्ति, उर्जा ,जलश्रोत तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पनि दिईएको छ। हाल शिक्षा मन्त्री रहेका कृष्ण गोपाल श्रेष्ठलाई बन तथा वातावरण, युवा तथा खेलकुद, श्रमतथा रोजगार र सामाजिक सुरक्षा एंव स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी थपिएको छ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङलाई संचार तथा सूचना प्रविधि, शहरि विकास, कृषि तथा पशुपन्छी विकास , खानेपानी मन्त्रालय थपिएको छ।

अर्का मन्त्री लिलानाथ श्रेष्ठलाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालय बाहेक भूमि सुधार तथा व्यवस्था, सहकारी तथा गरिवी निवारण, महिला बालबालिका तथा जेष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्यन, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत कार्यभार थपिएको छ।


twitter sharing button
linkedin sharing button
whatsapp sharing button

प्रकाशित मिति : बिहिबार, असार १० २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij