चौबीस घण्टामा ५ हजार ४५५ जना डिस्चार्ज, २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि

चौबीस घण्टामा ५ हजार ४५५ जना डिस्चार्ज, २ हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं – नेपालमा पछिल्लो चौबीस घण्टामा ५ हजार ४५५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ७६ हजार ४१३ पुगेको छ । नेपालमा हालसम्म निको हुने दर ९१ दशमलव ३ प्रतिशत रहेको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा थप १ हजार ७२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट ९ हजार ५८६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ हजार ७२१ जनामा र ४ हजार ७६५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ७५५ गरि कुल १ हजार ७२१ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा पीसीआर परीक्षणबाट परीक्षण गर्दा देशभर कुल ६ लाख ३१ हजार १५२ र एन्टिजेन विधिबाट कुल ३० हजा ६८९ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, पछिल्लो चौबीस घण्टामा कोरोना संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९४५ पुगेको छ ।

प्रकाशित मिति : शुक्रबार, असार ११ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij