रुपन्देहीमा २२९ जनामा परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि

रुपन्देहीमा २२९ जनामा परिक्षण गर्दा ३८ जनामा कोरोना संक्रमण पुष्टि

बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा ३८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार उक्त अवधिमा दुई सय २९ जनामा आरटी पीसीआर परिक्षण गरिएको थियो ।

योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या बढेर दुई सय ६५ पुगेको छ । पछिल्लो ६ दिनदेखि जिल्लामा सक्रिय संक्रमितको संख्या बढिरहेको छ ।

जिल्लामा कुल संक्रमितको संख्या २८ हजार एक सय ४९ पुगेको छ । तीमध्ये २७ हजार तीन सय ९६ जना निको भइसकेका छन् भने दुई सय ६५ जनासक्रिय संmक्रमित छन् । हालसम्म चार सय ८८ जनाले ज्यान गुमाएका छन् ।

आज थपिएका संक्रमितमध्ये बुटवलमा १६ जना, सिद्धार्थ नगरपालिकामा २ जना, तिलोत्तमा नगरपालिकामा १० जना, देवदहमा ६ जना, सैनामैनामा दुई जना, ओमसतियामा एक जना र कञ्चनमा एक जना संक्रमित रहेका छन् ।

प्रकाशित मिति : बिहिबार, असार १७ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij