काठमाडौं – सरकारले चीनबाट खरिद गर्न लागेको कोभिडविरुद्धको खोपको केही मात्रा आगामी शुक्रबार नेपाल ल्याइने भएको छ। खोप आयातका लागि नेपाल वायुसेवा निगमको वाइड बडी जहाज बिहीबार बेइजिङ उड्ने निगमले जनाएको छ।
निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले सरकारले १० लाख डोज खोप ल्याउने गरी जहाजको तयारी गर्न निर्देशन दिएको जानकारी दिए।
‘पहिलो चरणअन्तर्गत १० लाख डोज खोप लिन निगमको जहाज आउँदो बिहीबार बेलुका ११ बजे गएर शुक्रबार आइपुग्छ’, पौडेलले भने, ‘चीनबाट कल ३० लाख डोज खोप ल्याइनेछ।’
यसअघि चीन सरकारले अनुदान स्वरूप १८ लाख डोज खोप दिइसकेको छ। पहिलो लट ८ लाख गत चैत र दोस्रो लट १० लाख जेठमा ल्याइएको थियो। भारतले १० लाख डोज खोपका लागि अग्रिम भुक्तानी लिएर पनि खोप उपलब्ध गराउन नसकेपछि सरकारले चीनसँग पहल चालेको हो।
प्रकाशित मिति : शुक्रबार, असार १८ २०७८
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्