पारदर्शी र सुशासनमा प्रतिवद्ध संस्थाहरुलाई प्रदेशका २० वटा सरकारी अस्पतालसंग सहकार्य गरि समन्वय गराउने मन्त्री श्रेष्ठ

पारदर्शी र सुशासनमा प्रतिवद्ध संस्थाहरुलाई प्रदेशका २० वटा सरकारी अस्पतालसंग सहकार्य गरि समन्वय गराउने मन्त्री श्रेष्ठ

बुटवल -रगतको अभावमा कोही कसैले ज्यान गुमाउन नपरोस भन्ने पवित्र मानवीय सेवामा समर्पित संस्था नेपाल नियमित रक्तदाता संघ रुपन्देही र सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको सम्युक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ ।
जहाँ अस्पताल त्यहाँ रक्तदाता संघको समिति भन्ने मुलमन्त्रलाई साकार बनाउने अभियान अगाडी सारेको संस्थाले जुन अस्पतालको विरामीलाई रगतको आवश्यक पर्दाका बखत सोही स्थानको समितिले व्यवस्थापन गर्ने गरि काम अगाडी बढाएको संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारीले बताउनु भयो ।
सोही अभियान अन्र्तगत निकट भविष्यमा चितवनमा संस्थाको समिति विस्तार गरि चितवनका विरामीलाई सोही समिति मार्फत रगतको व्यवस्थापन गर्ने योजना रहेको उपाध्यक्ष भडारीले बताउनु भयो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री भोज प्रसाद श्रेष्ठले स्वास्थ्य साझेदारी कार्यक्रमवाट सामाजिक काम गर्ने संस्थाहरुलाई समेटी सहयोग गर्ने बातावरण मिलाउने धारणा राख्नु भयो । पारदर्शी र सुशासनमा प्रतिवद्ध रहेका संस्थाहरुलाई प्रदेशका २० वटा सरकारी अस्पतालसंग सहकार्य गरि समन्वय गराउने र सोही अस्पतालहरुवाट आर्थिक सहयोग उपलब्ध गराउन सकिने भएकाले सोही अनुसार कार्ययोजना बनाएर पेस गर्न समेत मन्त्री श्रेष्ठले आह्वान गर्नु भयो ।
सुप्रिम बचत तथा ऋण सहकारी संस्था अध्यक्ष ओम गुरुङले विश्व सहकारी दिवशको अवसरमा मानविय सेवामा सहयोग गर्नु पर्छ भन्ने मान्यतालाई साकार बनाउन रक्तदाता संघसंग सहकार्य गरेको औल्याउनु भयो ।
समाज सेवी तथा संस्थाका प्रमुख सल्लाहकार विमल बहादुर शाक्यले स्व. सरोज सिलवाल वन्दीको मानविय सेवाभावले स्थापना गरिएको संस्थाले गरेका कामवाट सवैले अनुशरण गर्नु पर्ने धारणा राख्नु भयो ।
प्रस्सुती सेवाका लागि नेपालमै दोस्रो चाप रहेको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भटृराईले वार्षिक ५० हजार बढी महिला सो सेवा लिन अस्पतालमा आउने गरेको र रगत अधिक मात्रामा खपत गर्ने अस्पतालका रुपमा रहेको बताउनु भयो । अध्यक्ष भटृराईले रगत संकलन गर्ने माहान कार्यमा लागेका संघ संस्थाहरुलाई बचाउने दाईत्व अस्पतालको पनि भएकाले आगामी वजेटमा रकम विनियोजन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
हरेक महिनाको तेस्रो शनिवार नियमित रुपमा रक्तदान गदै आएको संस्थाले दया सिलवालको अध्यक्षतामा गरिएको कार्यक्रममा १६७ युनिट रगत संकलन भएको सचिव महेश खनालले बताउनु भयो ।

 

 

प्रकाशित मिति : शनिबार, असार १९ २०७८

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij